नेपाल टेलिकमको ३४ प्रतिशत सरकारी सेयर आगामी पुस मसान्तभित्र आम नागरिकलाई बिक्री गरिने
पछिल्लो प्रतिवेदन अनुसार, वार्षिक आयव्यय विवरण भाषणको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरेका हुन् ।
Social Shout
२०८३ जेठ १५ गते १६:४०
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते २२:१६)
सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयरमात्र सरकारसँग कायम राखेर बाँकी सेयर जनस्तरमा बिक्री गर्ने भएको छ ।
वार्षिक आयव्यय विवरण भाषणको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरेका हुन् ।
सेयर बिक्रीबाट प्राप्त रकमलाई नेपाललाई टेक हब बनाउन उपयोग गर्ने बताइएको छ ।
‘नेपाल टेलिकमको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउने उपयोग गर्नेछौँ,’ वार्षिक आयव्यय विवरण भाषणको क्रममा वाग्लेले स्पष्ट पारेका छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।