भौगोलिक रूपमा विकट कर्णाली र सुदूरपश्चिमका बस्तीहरूमा उच्च गतिको टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गरिने
सार्वजनिक नयाँ तथ्य अनुसार, सरकारले कर्णाली र सुदूरपश्चिमका भू-भागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने भएको छ । नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने घोषणा सरकारले गरेको हो । ‘नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने छौँ,’ अर्थमन्त्री वाग्लेले वार्षिक आयव्यय विवरण भाषणमा स्पष्ट पारेका छन्, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा […]

सरकारले कर्णाली र सुदूरपश्चिमका भू-भागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने भएको छ ।
नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने घोषणा सरकारले गरेको हो ।
‘नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने छौँ,’ अर्थमन्त्री वाग्लेले वार्षिक आयव्यय विवरण भाषणमा स्पष्ट पारेका छन्, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क सेवा विस्तार गरिनेछ ।’
योसँगै सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एकआपसमा गाभी एकीकृत सुरक्षा मुद्रण संस्थानको स्थापना गर्ने अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन् ।
यस्तै, दूरसञ्चार क्षेत्रका लागि यसवर्ष दूरसञ्चार प्राधिकरण विधेयक संसद्मा पेस हुने प्रतिबद्धता पनि वाग्लेले गरेका छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।