जनकपुरलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्य बनाउनेदेखि डाँफे रुटसम्म : नयाँ बजेटमा समेटिएका महत्त्वाकांक्षी पर्यटन योजनाहरू
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, सरकारले बजेटमा पर्यटनमार्फत जनकपुरलाई विवाह गन्तव्य बनाउनेदेखि उच्च पहाडी भेगमा डाँफे पदमार्गको घोषणा गरेको छ । ऐतिहासिक स्थल तिलौराकोट, रामग्रामसहितका सम्पदा समेटेर वृहत् लुम्बिनी विकास कार्यक्रम ल्याइने भएको छ । पर्यटकीय महत्वका क्षेत्रमा हिल स्टेसन विकास गरिने भएको छ । हिमाल आरोहीको सुरक्षामा भरपर्दो प्रणाली विकास गरिने अर्थमन्त्रीले जानकारी गराए । २ […]

सरकारले बजेटमा पर्यटनमार्फत जनकपुरलाई विवाह गन्तव्य बनाउनेदेखि उच्च पहाडी भेगमा डाँफे पदमार्गको घोषणा गरेको छ ।
ऐतिहासिक स्थल तिलौराकोट, रामग्रामसहितका सम्पदा समेटेर वृहत् लुम्बिनी विकास कार्यक्रम ल्याइने भएको छ ।
पर्यटकीय महत्वका क्षेत्रमा हिल स्टेसन विकास गरिने भएको छ ।
हिमाल आरोहीको सुरक्षामा भरपर्दो प्रणाली विकास गरिने अर्थमन्त्रीले जानकारी गराए ।
२ सय वर्षभन्दा पुराना कम्तिमा दुई दर्जन एतिहासिक बौद्ध गुम्बा संरक्षणको घोषणा गरिएको छ ।
तिलौराकोट, गोकर्णेश्वरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने भएको छ । मध्यपहाडमा साइकल ट्रेल विकास गर्ने घोषणा गरिएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।