नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल समाधान गर्न सरकारसमक्ष सांसद राईको माग
सार्वजनिक नयाँ तथ्य अनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग दाबी गरेकी छन् । सोमबार राष्ट्रिय सभा छलफल सत्रमा बोल्दै उनले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएको सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न पनि सरकारलाई सचेत गराइन् । सांसद राईले भारतसँग […]

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग दाबी गरेकी छन् ।
सोमबार राष्ट्रिय सभा छलफल सत्रमा बोल्दै उनले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएको सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न पनि सरकारलाई सचेत गराइन् ।
सांसद राईले भारतसँग निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरू बन्द हुने अवस्था पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘नेपालमा चियाँ उद्योग बन्द हुने अवस्थामा छ । १२ लाख किलो भन्दा बढी चियाँ भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्थामा छ । पटक-पटक भारतले क्वालिटी टेस्ट गर्ने भनेर लैजाने, फेरि १५, २० दिनसम्म नगर्ने अनि यस्तो अप्ठयारो बनाइरहने, यतिबेला उत्पादन भएको चिया पनि नष्ट हुने अवस्था हुँदाहुँदै हालको अवस्थामा यो स्थितिमा गुज्रिरहेको छ ।’
उनले अगाडि भनिन्, ‘सबैभन्दा पहिले भारत सरकारसँग यो व्यापारको बारेमा डाइलग होस् । र भारतमात्रै होइन, अरू देशहरूसँग पनि चिया मात्रै नभएर किसानका उत्पादनहरू पनि बिक्री गर्ने विकल्पहरू खोजियोस् । किसानको उत्पादनको बजारको सुनिश्चित गरियोस् । उनीहरूलाई आत्मनिर्भर बनाउने काम गरियोस् ।’
सांसद राईले कृषकहरूलाई आत्मनिर्भर बनाउने काममा सरकार गम्भीर बन्नुपर्ने जरुरी रहेको बताइन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।