जुम्लामा यस वर्ष ३ हजार ६७१ मेट्रिकटन अर्गानिक सिमी फल्यो
घटनाक्रमको ताजा विवरण अनुसार, जुम्लामा एक वर्षमा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट रु एक करोड ३३ लाख ९२ हजार आम्दानी भएको बताए। जिल्लाभार दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ । […]

जुम्लामा एक वर्षमा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट रु एक करोड ३३ लाख ९२ हजार आम्दानी भएको बताए।
जिल्लाभार दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ । पछिल्लो समयमा सिमीको दाबी बजारमा अत्यधिक आउने गरेसँगै जुम्लाका कृषक सिमीखेतीतर्फ आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय प्रमुख अधिकारीको दाबी रहेको छ ।
सिमी किसानका लागि महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी उपलब्ध गराए ।
तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनकासुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमीखेतीबाट राम्रो आम्दानी गरेका छन् । सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरुपता नहुँदा कृषकहरूलाई समस्या भएको तिला गाउँपालिका–१ कृषक करन बुढाले जानकारी गराए ।
जिल्लाको सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा चिनिने गरेको तिलाको रारागाउँका किसानले गत वर्षमा किसानले न्यूनतम तीन क्विन्टलदेखि १२ क्विन्टलसम्म सिमी उत्पादन गरेको वडा सदस्य बिजकली बुढाले जानकारी उपलब्ध गराए ।
सिमीको पकेट क्षेत्र भनेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले तिला–१ रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ ।
उक्त पालिको वडा नं १ सहित २, ८ र ९ वडाको आठ सय क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख खेमराज शाहीले जानकारी गराए ।
सिमीले उचित मूल्य नपाएपछि स्थानीय व्यापारीमार्फत प्रतिकेजीको १५० मा बिक्री गर्न बाध्य भएको तिलाका कृषक बताउँछन् । कृषकहरूलाई उन्नत बीउ, प्राविधिक सहयोग तथा व्यावसायिक खेतीसम्बन्धी तालिम प्रदान गर्दै आएको कृषि विकास कार्यालय सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।