बैंकिङ प्रणालीमा थुप्रिएको अत्यधिक तरलताले मुलुकलाई 'लिक्विडिटी ट्र्याप'मा फसाउन सक्ने सांसद तामाङको चेतावनी
सार्वजनिक नयाँ तथ्य अनुसार, नेपाली कम्युनिष्ट पार्टी (नेकपा))का सांसद परशुराम तामाङले बैंकिङ प्रणालीमा बढ्दो तरलताले मुलुकलाई ‘लिक्विडिटी ट्र्याप’ मा पार्नसक्ने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । ‘बैंकहरूमा लिक्विटी थुप्रिएको छ । मैले त यसलाई लिक्विटी ट्र्याप पनि भन्ने गरेको छु । यो अझै बढ्दै […]

नेपाली कम्युनिष्ट पार्टी (नेकपा))का सांसद परशुराम तामाङले बैंकिङ प्रणालीमा बढ्दो तरलताले मुलुकलाई ‘लिक्विडिटी ट्र्याप’ मा पार्नसक्ने चेतावनी दिएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।
‘बैंकहरूमा लिक्विटी थुप्रिएको छ । मैले त यसलाई लिक्विटी ट्र्याप पनि भन्ने गरेको छु । यो अझै बढ्दै गयो र कृषि र औउद्यागिक क्षेत्रबाट उत्पादन नहुने हो भने अथवा यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान विगत एक दशको सन्तोषजनक छैन,’ उनले भने ।
कृषि र औद्योगिक क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान सन्तोषजनक नरहेको भन्दै त्यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको उनको भनाइ थियो ।
‘बरु योगदान घटिरहेको अवस्था छ । हामी देशभित्रबाट पब्लिक र बैँकसँग भएको ओभरड्राफ्ट मार्फत सरकारमा जाने हो भने पब्लिकको लागि ऋण त निश्चय पनि कम हुन्छ । यदि यस्तो अवस्था आयो भने हामी डेफ्थ ट्र्यापमा जाँदैनौँ भन्ने के ग्यारेन्टी हुन्छ ?,’ उनले स्पष्ट पारेका छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।