आन्तरिक राजस्व र भन्सार विभागको नेतृत्वमा भुसालद्वयको पदबहाली, अर्थ मन्त्रालयद्वारा जिम्मेवारी तोकियो
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमातहतका दुई महत्वपूर्ण विभागको महानिर्देशक पदबहाल गरेको विवरण सार्वजनिक हुन पुगेको जनाइएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालय मातहतका दुई महत्त्वपूर्ण विभागको महानिर्देशक पदबहाल गरेका छन् । उनले भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाललाई पदबहाल गरेका हुन् । विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालय तानेपछि विभागको नेतृत्व खाली थियो ।
विभागमा निमित्त महानिर्देशक रहेका भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको मन्त्रालयले सार्वजनिक गरेको छ ।
यसबाहेक आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा.भीष्मकुमार भुसाल पदबहाल भएका छन् । डा. वाग्ले मन्त्री हुने बित्तिकै तत्कालीन महानिर्देशक मदन दाहाललाई सरुवा गरे पनि उनले नयाँ नेतृत्व ल्याएका थिएनन् । यसबीचमा वार्षिक आयव्यय विवरण निर्माणजस्तो महत्त्वपूर्ण समयमा पनि उनले निमित्त महानिर्देशक रमेश अर्यालकै भरमा विभाग चलाएका थिए । महानिर्देशकमा भुसाललाई ल्याएपछि अर्याललाई भने अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ ।
यसबाहेक भन्सार विभागको उप महानिर्देशकका रूपमा प्रेमप्रसाद आचार्यको सरुवा भएको छ । नयाँ जिम्मेवारी पाएका दुवै भुसालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थ मन्त्रालय सरुवा भएको हो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।