डोङफेङको नयाँ इलेक्ट्रिक एसयूभी ‘नामी भिगो ई-२’ नेपाल भित्रियो, मूल्य ३५ लाख ९९ हजार
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई-२’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू मोटर्सले आज ललितपुर पुल्चोकस्थित द प्लाजामा कार्यक्रम आयोजना गरी भिगो ई-२ सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक (एमडी) विष्णुकुमार अग्रवालले भिगो ई-२ लाई कम्प्याक्ट कारभन्दा माथि र पारिवारिक प्रयोगका लागि […]

३ भदौ । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई-२’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू मोटर्सले आज ललितपुर पुल्चोकस्थित द प्लाजामा कार्यक्रम आयोजना गरी भिगो ई-२ सार्वजनिक गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक (एमडी) विष्णुकुमार अग्रवालले भिगो ई-२ लाई कम्प्याक्ट कारभन्दा माथि र पारिवारिक प्रयोगका लागि उपयुक्त हुने गरी ‘फुल एसयूभी’ का रूपमा बजार ल्याइएको जानकारी गराए ।
यसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले सार्वजनिक गरेको छ । याे मूल्यमा ९ भदाैदेखि हुन गइरहेको नाडा अटो शो´ सम्म बुकिङ गर्न सकिने कम्पनीले सार्वजनिक गरेको छ । उद्घाटन कार्यक्रममा एमडी अग्रवालले नयाँ वार्षिक आयव्यय विवरण मार्फत सरकारले ड्युटी संरचनामा हेरफेर गरे पनि कम्पनीले त्यसको लाभ सिधै ग्राहकलाई पुर्याउने उद्देश्यले ‘विशेष मूल्य’ निर्धारण गरेको जानकारी गराए ।
‘हाम्रो टोलीबीच ड्युटी हेरफेरबाट आएको भिन्नतालाई कम्पनीको नाफामा राख्ने कि ग्राहकलाई प्रत्यायोजन गर्ने भन्ने छलफल भएको थियो, यद्यपि हाम्रा मूल्य आधिकारिक स्वीकृति अनुसार हामीले सधैं ग्राहकलाई नै प्राथमिकता दियौं र विशेष मूल्यमा यो गाडी बजार ल्याएका हौं,’ अग्रवालले भने ।
नामी भिगो ई-टु ले नेपालको चुनौतीपूर्ण भूगोलमा आफ्नो क्षमता प्रमाणित गरिसकेको अग्रवालले जिकिर गरे । मनाङ, मुस्ताङ, सोलुखुम्बु र शुक्लाफाँटा जस्ता विकट क्षेत्रमा यो गाडी पुगिसकेको जानकारी दिँदै उनले एक ग्राहकले २ वर्षको छोटो अवधिमै ८० हजार किलोमिटरभन्दा बढी गाडी चलाएर यसको मजबुती र विश्वसनीयता पुष्टि गरेको उदाहरण प्रस्तुत गरे ।

अध्यक्ष अग्रवालका अनुसार नेपाली अटोमोबाइल बजारमा हालको अवस्थामा ठूलो परिवर्तन आइरहेको छ । केही वर्षअघिसम्म ह्याचब्याक गाडीहरू लोकप्रिय रहे पनि हालको अवस्थामा ग्राहकको आकर्षण एसयूभीतर्फ बढेको छ ।
‘जसरी पहिले पेट्रोल गाडीमा ह्याचब्याकबाट एसयूभीमा सिफ्ट भयो, अब ईभी सेग्मेन्टमा पनि सोही परिवर्तन देखिँदैछ,’ उनले भने, ‘नामी भिगो ई-टु ले नेपालको ईभी ट्रान्स्फर्मेसनमा नेतृत्वदायी भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।’
सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट थालनी भएको एमएडब्लूको यात्रा हालको अवस्थामा नेपालको सबैभन्दा ठूलो अटोमोबाइल समूह बन्न सफल भएको छ । डोङफेङ नामी हालको अवस्थामा नेपालमा दोस्रो ठूलो चिनियाँ ईभी आयातकर्ता ब्रान्ड बनेको छ, जसका देशभरि २ हजारभन्दा बढी सन्तुष्ट ग्राहक छन् ।
विश्वभरि ब्याट्री अभाव र उच्च मागका कारण गाडी आपूर्तिमा केही समस्या रहे पनि नेपालमा ईभी प्रयोग ८५ प्रतिशत पुगिसकेको अग्रवालले जानकारी उपलब्ध गराए । हाल नामी भिगोका लागि ४५ दिनभन्दा बढीको बुकिङ रहेको र दसैंसम्म दाबी अझै बढ्ने देखिएकाले इच्छुक ग्राहकलाई बेलैमा बुकिङ गर्न उनले आग्रह समेत गरे ।
कार्यक्रममा डोङफेङ मोटर्सका क्षेत्रीय प्रबन्धक मिस नाओमी लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, इन्फ्लुएन्सर र मिडियाकर्मीहरूको उपस्थिति थियो ।
नामि भिगाे ई-२ का विशेषता
नामी भिगोको डिजाइनमा कम्पनीले ‘रुबिक्स क्युब’ अवधारणा प्रयोग गरेको छ । अगाडिदेखि पछाडिसम्म गाडीमा ज्यामितीय डिजाइन प्रयोग गरिएको छ । यसमा त्रिकोणीय क्रिस्टल टावर टेललाइट, जियोमेट्रिक डिजाइनका रियर भ्यु मिरर, सेमी-हिडन डोर ह्यान्डल तथा विशेष डिजाइनको ह्विल प्रयोग गरिएको छ ।
भिगो ई-२ मा ९५ किलोवाटको इलेक्ट्रिक मोटर, ५२.३ किलोवाट आवरको ब्याट्री र ४ सय ३० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले सहरी सडकसँगै उकालो-ओरालो र लामो दुरीको यात्रा ध्यानमा राखेर भिगोको पावरट्रेन विकास गरिएको सार्वजनिक गरेको छ । विद्युतीय मोटर भएकाले तत्काल टर्क उपलब्ध हुने र त्यसले गाडीको एक्सेलेरेसनलाई सहज बनाउने आशा तथा विश्वास गरिएको छ ।
भिगोको प्रमुख आकर्षणमध्ये यसको फास्ट चार्जिङ क्षमता पनि हो । यसले ३सी फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने र उपयुक्त डीसी फास्ट चार्जरमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १८ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले सार्वजनिक गरेको छ ।
मनाङ, मुस्ताङ, शुक्लाफाँटा, कालिञ्चोक, सोलुखुम्बु लगायत चुनौतीपूर्ण गन्तव्यहरूमा पनि यो गाडी पुगिसकेको छ । जसले गर्दा उक्त गाडीले लामो दुरीमा यात्रा गर्ने विद्युतीय गाडी प्रयोगकर्ताका लागि छोटो समयमा ब्याट्रीमा पर्याप्त ऊर्जा थप्न सकिने सुविधा उपयोगी हुने कम्पनीको दाबी छ । १८५-१९० एमएमको ग्राउन्ड क्लियरेन्सले गर्दा जुनसुकै कच्ची बाटोमा पनि यसलाई सहज अगाडि बढाउन सकिन्छ ।

भिगो ई-२ को इन्टेरियरलाई पनि कम्पनीले प्रिमियम अनुभव दिने गरी तयार गरेको छ । यसमा १२.८ इन्चको सेन्ट्रल टचस्क्रिन तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । क्याबिनमा आरामदायी सिट, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ तथा मल्टिमिडिया सुविधा उपलब्ध छन् । एम्बियन्ट लाइटिङलाई म्युजिकसँग सिंक गर्न सकिने सुविधा पनि भिगोमा दिइएको छ ।
भिगोमा अगाडिका सिटहरू इलेक्ट्रिक एडजस्टमेन्ट तथा भेन्टिलेसन सुविधा सहित उपलब्ध हुने विवरण सार्वजनिक गरिएको छ । यसले लामो यात्रामा चालक तथा यात्रुको आरामलाई प्राथमिकता दिएको देखिन्छ ।

भिगोको बाहिरी डिजाइन यस गाडीको अर्को प्रमुख विशेषता हो । सामान्य ह्याचब्याक वा क्रसओभरभन्दा फरक देखिने गरी कम्पनीले यसको बडी डिजाइन गरेको छ । अगाडिको भागमा आधुनिक हेडलाइट डिजाइन, छेउमा सेमी-रिसेस्ड डोर ह्यान्डल तथा पछाडितर्फ विशेष किसिमको टेललाइट डिजाइन दिइएको छ । कम्पनीले यसलाई ‘रुबिक्स क्युब’ डिजाइन अवधारणामा आधारित रहेको बताएको छ ।
भिगोमा एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल-स्टार्ट एसिस्ट, रियर पार्किङ सेन्सर तथा रियर क्यामराजस्ता सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले सार्वजनिक गरेको छ ।
तस्विरहरू : शंकर गिरी/सोसल साउट


पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।