बाढी प्रभावित जिल्लामा सञ्चार सहज बनाउन नेपाल टेलिकमद्वारा ३ दिनको निःशुल्क सेवा विस्तार
सार्वजनिक नयाँ तथ्य अनुसार, नेपाल टेलिकमले बाढीप्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई थप ३ दिन निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले यसभन्दा अघिल्लो चरणमा दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने कदम चालेको थियो । अब भदौ १२, १३ र १४ गतेसम्म […]

११ भदौ । नेपाल टेलिकमले बाढीप्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई थप ३ दिन निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले यसभन्दा अघिल्लो चरणमा दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने कदम चालेको थियो । अब भदौ १२, १३ र १४ गतेसम्म सो सुविधा उपलब्ध गराउने भएको छ ।
कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले उक्त सुविधा उपलब्ध गराएको कम्पनीले सार्वजनिक गरेको छ ।
बाढीले भौतिक संरचनामा क्षति पुगे पनि सेवा नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भएरहेको जानकारी टेलिकमले दिएको छ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।