बाढी प्रभावित बस्तीको पुनरुत्थानका लागि केडिया फाउन्डेसनद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड दाखिला
घटनाक्रमको ताजा विवरण अनुसार, भदौ १० गते भोटेकोशी-त्रिशुलीका आएको बाढीबाट प्रभावितका लागि केडिया परिवारले १ करोड सहयोग गरेको छ । नेपालमा विभिन्न उद्योग सञ्चालन गरिरहेको यस परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार सो रकम जम्मा गरको हो । मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटी चेक प्रत्यायोजन गरिएको थियो । देशका विभिन्न क्षेत्रमा देखिएको विपद्जन्य परिस्थितिबाट प्रभावित नागरिकको […]

१७ भदौ । भदौ १० गते भोटेकोशी-त्रिशुलीका आएको बाढीबाट प्रभावितका लागि केडिया परिवारले १ करोड सहयोग गरेको छ । नेपालमा विभिन्न उद्योग सञ्चालन गरिरहेको यस परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार सो रकम जम्मा गरको हो ।
मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटी चेक प्रत्यायोजन गरिएको थियो । देशका विभिन्न क्षेत्रमा देखिएको विपद्जन्य परिस्थितिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको केडिया परिवारले जनाएको छ।
केडिया परिवारका सुशील वनस्पति प्रा. लि., इन्दु शंकर चिनी उद्योग लि., सीताराम गोकुल मिल्क्स प्रा. लि. लगायत उद्योग रहेका छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।