युरोपेली मुलुकहरूमा डिजेलको भाउ हालसम्मकै उच्च बिन्दुमा, प्रतिलिटर २.२४ युरो नाघ्यो
सोसल साउट समाचार कक्षका अनुसार, आयोगका अनुसार युरोपमा डिजेलको औसत मूल्य प्रतिलिटर २.२४ युरो (करिब २.५३ अमेरिकी डलर) पुगेको रहेको तथ्य सार्वजनिक भएको छ।
Social Shout
२०८३ असोज १५ गते २०:५१
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते १९:४७)
युरोपमा डिजेलको औसत मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । युरोपेली आयोगको तथ्यांकले यस्तो विवरण देखाएको हो ।
आयोगका अनुसार युरोपमा डिजेलको औसत मूल्य प्रतिलिटर २.२४ युरो (करिब २.५३ अमेरिकी डलर) पुगेको छ ।
इन्धन आपूर्तिमा देखिएको कठिनाइ र मूल्य वृद्धिका कारण युरोपेली एयरलाइन्सहरूले चुनौती सामना गरिरहेका छन् ।
इरानमाथि अमेरिका–इजरायलको युद्ध थालनी भएपछि आपूर्ति घट्नु र प्रशोधन कार्यमा अवरोध आउनुका कारण पेट्रोल र डिजेलको मूल्य तीव्र रूपमा बढेको हो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।