सीमापार जोगबनी बजार धाउने नेपाली उपभोक्ता रोक्न विराटनगरमा भव्य दसैँ सस्तो बजार
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, दसैँमा किनमेलका लागि भारतको जाेगबनी जाने उपभाेक्तालाई राेक्न भन्दै विराटनगरमा ‘विराट ट्रेड फेयर’ आयोजना गरिने भएकाे रहेको तथ्य सार्वजनिक भएको छ।

२१ असाेज । दसैँमा किनमेलका लागि भारतको जाेगबनी जाने उपभाेक्तालाई राेक्न भन्दै विराटनगरमा ‘विराट ट्रेड फेयर’ आयोजना गरिने भएकाे छ ।
दसैँ–तिहारमा सीमावर्ती बजार जोगबनी जाने उपभोक्ता विराटनगरमै रोक्न असोज २२ देखि ३० गतेसम्म विराट वाणिज्य कारोबार संघले दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर’ आयोजना गर्ने भएको हो ।
विराटनगरकाे जैन भवनमा हुने ट्रेड फेयरमा १३० वटा स्टल रहनेछन् ।
वाणिज्य कारोबार मेलामा सर्वसाधारणलाई सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउने विराट वाणिज्य कारोबार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी गराए । उनका अनुसार मेलाले स्थानीय बजारलाई चलायमान बनाउने छ ।
मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, धातुका सामान, विद्युतीय उपकरण, गाडी, फर्निसिङ, गृह उपयोगी सामग्री, कृषि उत्पादन, सूचना प्रविधि र हस्तकलाका सामग्रीका १३० भन्दा बढी स्टलहरू रहनेछन् । ट्रेड फेयर १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकको आशा तथा विश्वास छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।