मगर समुदायको मौलिक भुमे पर्वका अवसरमा लुम्बिनी प्रदेशका चार हिमाली-पहाडी जिल्लामा सार्वजनिक बिदा
सार्वजनिक नयाँ तथ्य अनुसार, मगर समुदायले १ असारमा मनाउने भुमे पर्वको अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ । शुक्रबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भुमे पर्व मनाउन रोल्पा, दाङ, प्युठान र रुकुम(पूर्व) मा १ असारमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो । १ असारमा यी चार […]

मगर समुदायले १ असारमा मनाउने भुमे पर्वको अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
शुक्रबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भुमे पर्व मनाउन रोल्पा, दाङ, प्युठान र रुकुम(पूर्व) मा १ असारमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
१ असारमा यी चार जिल्ला मात्र नभएर नेपालका ठूला शहरहरूमा समेत मगर समुदायले भुमे पर्व मनाउने गर्दछन् । मगर समुदायले सो दिने जमिनको पूजा गरेर यो पर्व मनाउने गर्दछ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।