प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर माइतीघर मण्डलामा विरोध प्रदर्शन
सार्वजनिक नयाँ तथ्य अनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिविरुद्ध नेकपा माओवादीले काठमाडौंमा प्रदर्शन गरेको रहेको तथ्य सार्वजनिक भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिविरुद्ध नेकपा माओवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री बालेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दैमाओवादीका कार्यकर्ताले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने, सीमाको रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौं, भौगोलिक अखण्डताको रक्षा गरौं लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
यस्तै, माओवादीले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्री बालेनले माफी माग्नुपर्ने दाबी पनि राखेको छ ।




पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।