कोइराला निवासमा शेखर-प्रकाशशरण भेटवार्ता : नयाँ मोड र पछिल्लो परिदृश्य
सार्वजनिक नयाँ तथ्य अनुसार, कांग्रेसको किचलो उत्कर्षमा पुगेका बेला उनीहरूबीच विराटनगरस्थित कोइराला निवासमा शनिबार भेट भएको हो ।
Social Shout
२०८३ असार २७ गते १७:२९
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते २१:४८)
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेता डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।
कांग्रेसको किचलो उत्कर्षमा पुगेका बेला उनीहरूबीच विराटनगरस्थित कोइराला निवासमा शनिबार भेट भएको हो ।
नेता महतले कोइराला निवासमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।
‘कोइरला निवास विराटनगरमा,’ उनले तस्बिरसँगै लेखेका छन् । भेटका क्रममा भएको कुराकानीका बारेमा भने केही उल्लेख गरिएको छैन ।
सम्बन्धित विषय:#नेपाली काँग्रेस

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।