मधेश प्रदेशको वार्षिक आयव्यय विवरण किचलो समाधान गर्न विशेष अध्ययन समिति गठन
सोसल साउट समाचार कक्षका अनुसार, मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएका समस्या समाधान गर्न प्रदेशसभा विशेष अध्ययन समिति गठन गरेको जनाइएको रहेको तथ्य सार्वजनिक भएको छ।

मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएका समस्या समाधान गर्न प्रदेशसभा विशेष अध्ययन समिति गठन गरेको छ ।
बजेटमा प्रमुख प्रतिपक्षी जसपा नेपला र जनमत पार्टीले बटेज पुनर्लेखन र छानबिनको दाबी गर्दै प्रदेशसभा परामर्श बैठक अवरुद्ध गर्दै आएको थियो । तत्पश्चात एकसाता अघि अनिश्चित समयका लागि प्रदेशसभा परामर्श बैठक अवरुद्ध गरिएको थियो ।
प्रदेश सभाले गठन गरेको सात सदस्यी कार्यदलमा जसपा नेपालबाट उपेन्द्र महतो, नेकपा एमालेबाट हरिनारायण महतो, नेपाली कांग्रेसबाट जंगीलाल राय छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रमोद यादव, जनमत पार्टीबाट संजय यादव, संघीय समाजवादी पार्टीकी बिमला अंसारी र राप्रपाबाट सरिता ठाकुर छन् ।
कार्यदलले आजैदेखि कार्यविधि बनाएर आफ्नो काम थाल्ने सभामुख रामअशिष यादवले जानकारी गराए ।
उनले आज सदन बैठकको सुरुमै कार्यदल बनेको जानकारी गराएका छन् ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको वार्षिक आयव्यय विवरण ल्याएको थियो ।
वार्षिक आयव्यय विवरण पास गर्न सरकार लचकता अपनाएर कार्यदल गठनका लागि सहमत भएको हो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।