ठोरीमा सामान्य हावाहुरी र वर्षामा पनि विद्युत् काटिने समस्या रहँदा नागरिकलाई सास्ती को नयाँ मोड
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, पर्साको ठोरी गाउँपालिकामा सामान्य हावाहुरी र वर्षा हुँदा पनि विद्युत् काटिने समस्याका कारण नागरिकहरूले सास्ती भोग्नु परेको छ । वर्षौंदेखि यस्तो समस्या दोहोरिँदै आए पनि नेपाल विद्युत् प्राधिकरणले दीर्घकालीन समस्या समाधानमा चासो नदिएको स्थानीय चिरञ्जिवी सापकोटा बताउँछन् । उनका अनुसार सामान्य हावाहुरी वा वर्षा भए पनि घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुने, […]

पर्साको ठोरी गाउँपालिकामा सामान्य हावाहुरी र वर्षा हुँदा पनि विद्युत् काटिने समस्याका कारण नागरिकहरूले सास्ती भोग्नु परेको छ ।
वर्षौंदेखि यस्तो समस्या दोहोरिँदै आए पनि नेपाल विद्युत् प्राधिकरणले दीर्घकालीन समस्या समाधानमा चासो नदिएको स्थानीय चिरञ्जिवी सापकोटा बताउँछन् ।
उनका अनुसार सामान्य हावाहुरी वा वर्षा भए पनि घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुने, भोल्टेज घटबढ भइरहने, हाफ लाइनको समस्या, जीर्ण वितरण प्रणालीका कारण स्थानीयले सास्ती भोग्नु परेको छ ।
विद्युत प्रसारण लाइन नजिक बढेका रुखका झाडी समयमै व्यवस्थापन नगरिँदा सामान्य हावाहुरीमै विद्युत् आपूर्ति बन्द हुने गरेको उनको दाबी रहेको छ ।
गुणस्तरी विद्युत् आपूर्तिको व्यवस्था नहुँदा यसको प्रत्यक्ष असर घरायसी जीवन, कृषि, वाणिज्य कारोबार, शिक्षा र स्वास्थ्य सेवामा पनि परेको स्थानीय कृष्ण बराल गुनासो गर्छन् ।
भोल्टेज असन्तुलनका कारण टेलिभिजन, फ्रिज, कम्प्युटर, पानी तान्ने मोटर, इन्भर्टर लगायतका विद्युतीय उपकरणमा क्षति पुगिरहेको उनको गुनासो छ ।
पर्यटनको अपार सम्भावना बोकेको ठोरीमा भरपर्दो विद्युत् सेवा नहुँदा स्थानीय अर्थतन्त्र, लगानीको वातावरण तथा समग्र विकासमा समेत प्रतिकूल असर परेको सरोकारवालाहरूको दाबी रहेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।