कतारका राजाप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव आज कतार जाँदै बारे पछिल्लो विकसित घटनाक्रम
पछिल्लो प्रतिवेदन अनुसार, उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न मंगलबार कतार जाने भएका छन् । उनी दिउँसो तीन बजे प्रस्थान गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव बिहीबारसम्म कतारको औपचारिक भ्रमणमा रहनेछन् । भ्रमणका क्रममा उनले भोलि कतारका अमिर शेख […]

उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न मंगलबार कतार जाने भएका छन् । उनी दिउँसो तीन बजे प्रस्थान गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव बिहीबारसम्म कतारको औपचारिक भ्रमणमा रहनेछन् ।
भ्रमणका क्रममा उनले भोलि कतारका अमिर शेख तमीम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको समवेदनापत्र प्रत्यायोजन गर्ने कार्यक्रम रहेको मन्त्रालयले सार्वजनिक गरेको छ ।
उपराष्ट्रपतिसँग उच्चपदस्थ सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल पनि रहेको छ । भ्रमण समापन गरी उपराष्ट्रपति यादव बिहीबार काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।