सल्यानको कपुरकोटमा माथिबाट खसेको भीषण पहिरोले एक्स्काभेटर पुर्दा चालक गम्भीर घाइते
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरोले एक्स्काभेटर पुरिँदा चालक घाइते भएका छन्।
Social Shout
२०८३ साउन २९ गते १२:०५
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते २१:४८)
२९ साउन । सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरोले एक्स्काभेटर पुरिँदा चालक घाइते भएका छन्।
राप्ती राजमार्गअन्तर्गत खरखोला-कपुरकोट राजमार्ग खण्ड स्तरोन्नतिको काम भइरहेको बेला शुक्रबार बिहान करिब ८ः५० बजे माथिबाट आएको गिलो लेदोसहितको पहिरोले प्र.०१–००३ क ७३२१ नम्बरको एक्स्काभेटरको अगाडिको हाइड्रोलिक भाग पुरेको हो।
पहिरोमा परी एक्स्काभेटरको सिसा फुट्नुका साथै बोनट र ट्यांमा क्षति पुगेको सुरक्षा संयन्त्रले जनाएको छ।
एक्स्काभेटर चालक जाजरकोट भेरीमालिका नगरपालिका–१० का २८ वर्षीय कर्णबहादुर कामीको कुममा सामान्य चोट लागेको छ।
उनलाई उपचारका लागि तुलसीपुर लगिएको सुरक्षा संयन्त्रले जनाएको छ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।