लगातारको वर्षा र भीषण पहिरोले कर्णाली प्रदेशका तीन प्रमुख सडक सञ्जाल ठप्प
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, अविरल वर्षासँगै ठाउँठाउँमा भूस्खलन खस्दा कर्णाली प्रदेशका तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन् । मुगु, कालीकोट, सल्यान र सुर्खेत जिल्लाका विभिन्न स्थानमा भूस्खलन खसेका कारण ती राजमार्गहरू अवरुद्ध भएको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मुगु-गमगढी, कर्णाली राजमार्ग र राप्ती राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका हुन् । मुगुको […]

२३ भदौ । अविरल वर्षासँगै ठाउँठाउँमा भूस्खलन खस्दा कर्णाली प्रदेशका तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन् ।
मुगु, कालीकोट, सल्यान र सुर्खेत जिल्लाका विभिन्न स्थानमा भूस्खलन खसेका कारण ती राजमार्गहरू अवरुद्ध भएको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार मुगु-गमगढी, कर्णाली राजमार्ग र राप्ती राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका हुन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका-४ ताल्चारमा १६ भदौमा खसेको पहिरोका कारण मुगु-गमगढी राजमार्ग अवरुद्ध छ ।
यसका साथसाथै कालीकोटको शुभकालिका गाउँपालिका-१ गगने खोला र सुर्खेतको बहराताल गाउँपालिका-७ औलिसेमा भूस्खलन खस्दा कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।
पहिरोका कारण उक्त सडकखण्डमा तत्काल आवागमन सञ्चालन गर्न कठिनाइ भएको भन्दै सुरक्षा संयन्त्रले यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट कालीकोट, जुम्ला तथा मुगुतर्फ जाने सवारीसाधन र यात्रुले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सुरक्षा संयन्त्रले अनुरोध गरेको छ। वर्षायाममा सबै भन्दा बढि कर्णाली राजमार्गमा समस्य आएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।