भिजिट भिसाको आवरणमा दुबई हुँदै श्रीलंका हिँडेका तीन जना त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा
सार्वजनिक नयाँ तथ्य अनुसार, भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै सुरक्षाकर्मी हिरासतमा परेका छन् । नियन्त्रण पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिव भुषाल, रौतहटको कटहरिया नगरपालिका-३ का १९ वर्षीय शेख तबरेज र स्याङ्जाको भीरकोट नगरपालिका–४ का २७ वर्षीय समित रेग्मी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध गहन तहकिकात […]

२३ भदौ । भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै सुरक्षाकर्मी हिरासतमा परेका छन् ।
नियन्त्रण पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिव भुषाल, रौतहटको कटहरिया नगरपालिका-३ का १९ वर्षीय शेख तबरेज र स्याङ्जाको भीरकोट नगरपालिका–४ का २७ वर्षीय समित रेग्मी छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध गहन तहकिकात कार्यालयको टोलीले नियन्त्रण गरेको हो । उनीहरु एअर अरेबियाको जहाजमार्फत दुबई हुँदै श्रीलंका जान लागेका थिए ।
प्रारम्भिक अनुसन्धनका क्रममा उनीहरु भिजिट भिसामा श्रीलंका भनेर वैदेशिक रोजगारीमा कतार जान लागेको पाइएको छ ।
उनीहरुको साथबाट बरामद भएको श्रम स्वीकृत नक्कली रहेको देखिएकाले लिखत सम्बन्धी कसुरमा गहन तहकिकात अघि बढाइएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।