कुटपिट तथा अङ्गभङ्ग मुद्दामा अदालतबाट दोषी ठहर फरार कसुरदार काठमाडौंबाट पक्राउ
पछिल्लो प्रतिवेदन अनुसार, कुटपिट अङ्गभङ्ग मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति सुरक्षाकर्मी हिरासतमा परेका छन् । नियन्त्रण पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय सरोज तामाङ भनिने सुरोज तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध गहन तहकिकात कार्यालयको टोलीले नियन्त्रण गरेको हो । केदार महर्जनलाई कुटपिट गरी अङ्गभङ्ग बनाएको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले ७ वैशाख […]

२३ भदौ । कुटपिट अङ्गभङ्ग मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति सुरक्षाकर्मी हिरासतमा परेका छन् ।
नियन्त्रण पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय सरोज तामाङ भनिने सुरोज तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध गहन तहकिकात कार्यालयको टोलीले नियन्त्रण गरेको हो ।
केदार महर्जनलाई कुटपिट गरी अङ्गभङ्ग बनाएको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०८१ मा २ वर्ष कैदको फैसला गरेको थियो । साथै २० हजार जरिवाना र ८ सय पीडित राहत कोषमा जम्मा गर्न अलालतले भनेको थियो ।
उच्च अदालत पाटनले पनि २० जेठ २०८२ मा जिल्लाकै फैसला सदर गरेको थियो । अदालतबाट दोषी ठहर भएपछि फरार भएका उनलाई नियन्त्रण गरी अदालतमार्फत फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।