मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणमा राज्यको भूमिका खोइ ? : रास्वपा सचेतक धितालको संसद्मा प्रश्न
सोसल साउट समाचार कक्षका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आत्महत्या रोकथाममा सरकारले काम गर्नुपर्ने बताएकी छन् ।
Social Shout
२०८३ भदौ २६ गते १४:३३
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते १९:५७)
२६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आत्महत्या रोकथाममा सरकारले काम गर्नुपर्ने बताएकी छन् ।
उनले प्रतिनिधिसभाको छलफल सत्रमा बोल्दै यस्तो बताएकी हुन् ।
‘१० सेप्टेम्बरमा विश्वले आत्महत्या रोकथाम दिवस मनायो । यद्यपि यो अभियानमा नेपाल कहाँ छ ? आफैँलाई सोधौं’ उनले भनिन् ।
एकै हप्तामा तीन जना आत्मदाहमा होमिएको उनले बताइन् ।
स्वास्थ्य सेवा विभागको तथ्यांक उद्धृत गर्दै उनले दैनिक २० जनाले आत्महत्या गर्ने गरेको बताइन् । यसको रोकथाममा के कति काम गरियो भनेर समीक्षा गर्न आवश्यक रहेको बताइन् ।
यो पनि पढ्नुहोस्बेलायतको स्थायी बसोबास (पीआर) नियममा व्यापक फेरबदल, हजारौँ नेपाली आप्रवासी प्रभावित हुने जोखिम
मनोपरामर्शमा चनाखो बन्न आवश्यक रहेको बताइन् ।
सम्बन्धित विषय:#क्रान्तिशिखा धिताल

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।