विपद् पीडितको उद्दार तथा पुनर्स्थापनाका लागि व्यवसायी थानेश्वर पौडेलद्वारा २५ लाख आर्थिक सहायता
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले जलप्रलय प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको जानकारी गराए […]

२६ भदौ । बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले जलप्रलय प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको जानकारी गराए ।
पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयं सेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् ।
‘रसुवा, धादिङ, नुवाकोट लगायत जिल्लामा नेपालको इतिहासकै ठूलो विपत्ति आएको र मुलुकले खर्बौं क्षति बेहोरेको पीडादायी अवस्थामा सबै नेपालीले गच्छेअनुसार सरकारलाई सहयोग गर्नुपर्ने नागरिक दायित्वबोध गरेर कोषमा रकम जम्मा गरेको हुँ,’ पौडेलले भने ।
आफू अध्यक्ष रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यसभन्दा अघिल्लो चरणमा नै ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको पौडेलले जानकारी उपलब्ध गराए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।