पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा रोकिएका ग्यास बुलेट तथा ठूला सवारी साधन सञ्चालन गर्न सडक खुलाइँदै
सोसल साउट समाचार कक्षका अनुसार, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध राजमार्ग आंशिक रूपमा सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य तीव्र पारिएको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था परीक्षण गर्ने गृहकार्य गरिएको हो । हालको अवस्थामा धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोली कृष्णभिरमा स्थलगत निरीक्षणमा पुगेको छ । राजमार्ग खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन

२८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध राजमार्ग आंशिक रूपमा सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य तीव्र पारिएको छ ।
सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था परीक्षण गर्ने गृहकार्य गरिएको हो ।
हालको अवस्थामा धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोली कृष्णभिरमा स्थलगत निरीक्षणमा पुगेको छ । राजमार्ग खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरेर काम भइरहेको छ ।
कृष्णभिरमा सडकको ग्रेड मिलाउने काम तीव्र पारिएको छ । दुईवटा बुलडोजर प्रयोग गरेर राजमार्ग सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम भइरहेको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ ।
यद्यपि तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी राजमार्ग तयार पार्ने पहल जारी राखिएको छ ।
आयोजनाका अनुसार मौसमले साथ दिएमा आजै आंशिक रूपमा ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन सञ्चालन गर्न सकिनेछ ।
त्यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिनेछ ।
कृष्णभिरमा राजमार्ग चिल्लो र सम्याइएको देखिए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ र कम्प्याक्सनलगायतका काम पूरा गर्नुपर्ने अवस्था छ ।
राजमार्ग खुलाउन हालको अवस्थामा दुईवटा बुलडोजरले एकपछि अर्को गरी काम गरिरहेका छन् । गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको राजमार्ग कटान हुँदा राजमार्ग अवरुद्ध छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।