समयमै काम नगर्ने निर्माण व्यवसायीमाथि कडा कारबाही : बैतडीमा १० वटा सडक योजनाका ठेक्का रद्द
पछिल्लो प्रतिवेदन अनुसार, कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सहमतिपत्र अवधिभित्र काम समापन नभएका तथा सहमतिपत्र बमोजिम कार्य अघि नबढेका ठेक्का तोडिएको जनाएको हो।

२९ भदौ । राजमार्ग डिभिजन कार्यालय बैतडीले लामो समयदेखि निर्माण समापन हुन नसकेका १० वटा राजमार्ग आयोजनाका ठेक्का सहमतिपत्र तोडेको छ।
कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सहमतिपत्र अवधिभित्र काम समापन नभएका तथा सहमतिपत्र बमोजिम कार्य अघि नबढेका ठेक्का तोडिएको जनाएको हो।
ठेक्का अन्त्य गरिएका आयोजनामा महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, मध्यपहाडी राजमार्ग, महाकाली राजमार्ग र सतबाँझ–गोकुलेश्वर-दार्चुला राजमार्ग लगायतका सडकका मर्मत, स्तरोन्नति तथा राजमार्ग सुरक्षा सम्बन्धी काम छन्।
सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सुझाव पेस गरिने तथा कार्यसम्पादन जमानत, धरौटी र बाँकी पेश्कीसम्बन्धी रकम प्रचलित कानुनअनुसार असुल गरिने राजमार्ग डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी कपिल प्रशाद पन्तले जानकारी दिए।
यस्तो छ सूचना


पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।