जीवनका उतारचढाव र अप्रिय यथार्थको साहित्यिक प्रतिविम्ब
पछिल्लो प्रतिवेदन अनुसार, मैले खोसेको छैन तिम्रो जीवन र तिम्रो सपना तिमी मखमली फूल जस्तै बाँच तिम्रो जीवनसँग मेरो कुनै गुनासो छैन । तिमी जूनको उज्यालो छर या नछर बत्ती जस्तै बलिरहेछन् आकाशका ताराहरू तारा टिप्ने तिम्रो चाहना पूरा होला या नहोला म कामना गर्छु टिपेर खोकिलामा राख बाँड सहेलीहरूलाई उज्यालो छर्न सकोस् अँधेरी रातको साम्राज्य भत्काउँदै तिमीले

मैले खोसेको छैन
तिम्रो जीवन
र तिम्रो सपना
तिमी मखमली फूल जस्तै बाँच
तिम्रो जीवनसँग
मेरो कुनै गुनासो छैन ।
तिमी जूनको
उज्यालो छर या नछर
बत्ती जस्तै बलिरहेछन्
आकाशका ताराहरू
तारा टिप्ने तिम्रो चाहना
पूरा होला या नहोला
म कामना गर्छु
टिपेर खोकिलामा राख
बाँड सहेलीहरूलाई
उज्यालो छर्न सकोस्
अँधेरी रातको साम्राज्य भत्काउँदै
तिमीले टिपेका ताराहरूले ।
म गन्तव्यहीन यात्री हैन
मेरो यात्रामा अवरोध हालेर
मेरो यात्रा विथोल्ने
प्रपञ्च नगर
म वेग हूँ संग्रामको
म रुक्ने छैन
तिम्रो अवरोधले
म विजय निकालेर
आमाको आशीर्वाद थाप्दै
गाउनेछु तिम्रो अहंकारको गीत ।
तिम्रो जिन्दगी
तिमीलाई प्यारो लाग्ला
जीवन बाँचिरहने मृगतृष्णाले
तिम्रो बेचैनी बढ्ला
तिमी अजम्बरी छैनौ
एक दिन देह त्याग्नुपर्ला ।
मलाई मेरो जिन्दगी
अप्रिय लाग्छ
तथापि
म अप्रिय जिन्दगीकै बिचबाट
जिन्दगीको उज्यालो खोजिरहेछु
हराइरहेछन् सपनाहरू
सपनाको खोजीमा
गुमिरहेका छन् विपनाहरू ।
हेक्का छ कि छैन तिमीलाई ?
मैले मागेथें
क्षितिजको घाम
मागेथें गोधूलि साँझ
खै, मेरो हातमा क्षितिजको घाम ?
खै, मेरो हातमा गोधूलि साँझ ?
तिम्रो निर्दयता
आँसु बनेर बगिरहेछ
म जीवनको सङ्गीन मोडमा उभिएको छु
मैले बाल्नु छ समानताको दीप
फिर्काउनु छ तिम्रो खोसिएको खुशी
र गाउनु छ अप्रिय जीवनको गीत ।
सुन्दरहरैंचा–६, दुलारी, मोरङ

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।