बूढीगण्डकी नदीमा पानीको बहाव उच्च : तटीय क्षेत्रका बस्तीहरूलाई सतर्क रहन प्रशासनको अपिल
सार्वजनिक नयाँ तथ्य अनुसार, गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक जलप्रलय आएको छ । बाढीका कारण तल्लो तटीय क्षेत्रमा क्षति गर्न सक्ने भन्दै सचेत रहन नेपाल सुरक्षा संयन्त्रले आग्रह गरेको छ । बुढी गण्डकी नदीको चुम्नुब्री गाउँपालिका-६ बाट ठूलोबाढी आइरहेकोले जलप्रलय पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदी छेउछाउ नजान र उच्च स्थानमा

२५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक जलप्रलय आएको छ ।
बाढीका कारण तल्लो तटीय क्षेत्रमा क्षति गर्न सक्ने भन्दै सचेत रहन नेपाल सुरक्षा संयन्त्रले आग्रह गरेको छ ।
बुढी गण्डकी नदीको चुम्नुब्री गाउँपालिका-६ बाट ठूलोबाढी आइरहेकोले जलप्रलय पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदी छेउछाउ नजान र उच्च स्थानमा सुरक्षित बस्न नेपाल सुरक्षा संयन्त्रले अनुरोध गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नदी तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क रहन भनेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।