विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत भ्याट खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीद्वारा हस्ताक्षर अभियान पुनः थालनी
सोसल साउट समाचार कक्षका अनुसार, उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन दाबी गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ । पार्टीले गत भदौ १ गतेदेखि थालनी गरेको हस्ताक्षर अभियान रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित भएको थियो । पार्टीका सचिव केदार खड्काले नागरिकको उत्साहपूर्ण सहभागितामा अघि

२८ असोज । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन दाबी गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ ।
पार्टीले गत भदौ १ गतेदेखि थालनी गरेको हस्ताक्षर अभियान रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित भएको थियो ।
पार्टीका सचिव केदार खड्काले नागरिकको उत्साहपूर्ण सहभागितामा अघि बढिरहेको अभियानलाई निरन्तरता दिन पार्टीले पुनःसञ्चालन गर्ने कदम चालेको जानकारी गराए ।
पार्टीले आफ्ना सम्पूर्ण प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा अभियान तत्काल पुनःसुरु गर्न आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।