स्थानीय र नगरपालिकाबीच क्षेत्राधिकार विवाद : लिगलिगे दौड प्रतियोगिता रोक्न प्रशासनको पत्र
घटनाक्रमको ताजा विवरण अनुसार, सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको रहेको तथ्य सार्वजनिक भएको छ।

सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।
वुधवार साँझ पत्राचार गर्दै प्रशासनले विवादका कारण कार्यक्रममा सुरक्षा निकायहरु सहभागी गराउन नसक्ने र पर्याप्त सुरक्षा समेत दिन नसक्ने सार्वजनिक गरेको छ । यसभन्दा अघिल्लो चरणमा लिगलिगकोट बिकास अभियानले आयोजना गर्दै आएको दौड नगरपालिकाले अपनत्व लिएर संचालन गर्न खोजेपछि दुई पक्षबीचको किचलो चुलिएको हो । आफू आयोजक हुनुपर्ने दुवैको अडान छ ।
यसभन्दा अघिल्लो चरणमा पनि नगरपालिका आफैले अपनत्व लिएर दौड संचालन गर्ने कदम चालेको थियो । यद्यपि लिगलिगकोट बिकास अभियानले अवरोध गरेपछि विगत दुई बर्षदेखि दौड हुन सकेको छैन । यो बर्ष पनि पालिकाले दौड गर्न लागेपछि अभियानले अवरोध सृजना गरेको हो ।
नगरपालिकालाई चुनौती दिदै अभियानले असोज ३० गते लिगलिगे दौडको आयोजना गरेको छ । नगरपालिकाले भने असोज २९ गते दौड राखेको छ । दुइ पक्षबीचको छलफलमा सहमति नभएपछि सुरक्षाको वहाना बनाउँदै प्रशासनले दुवैलाई दौड नगर्न भनेको हो । प्रतिस्पर्धा रोक्न आग्रह गर्दै वुधवार प्रशासनले दुवै पक्षलाई पत्राचार गरेको हो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।