नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पदमा गंगालक्ष्मी अवाल निर्वाचित
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गंगालक्ष्मी अवाल निर्वाचित भएकी छिन् । उनी आदिवासी जनजाती (महिला) क्लस्टरबाट निर्वाचित भएकी हुन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने उनी कांग्रेस सांसद पनि हुन् । अवाल नेपाली कांग्रेसको राजनीतिसँगै उद्यमी पनि हुन् । भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्यबाट थालनी भएको उनको राजनीतिक यात्रा भक्तपुर महाधिवेशनमा नगर कोषाध्यक्ष, महिला […]

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गंगालक्ष्मी अवाल निर्वाचित भएकी छिन् ।
उनी आदिवासी जनजाती (महिला) क्लस्टरबाट निर्वाचित भएकी हुन् ।
भक्तपुरबाट प्रतिनिधित्व गर्ने उनी कांग्रेस सांसद पनि हुन् । अवाल नेपाली कांग्रेसको राजनीतिसँगै उद्यमी पनि हुन् ।
भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्यबाट थालनी भएको उनको राजनीतिक यात्रा भक्तपुर महाधिवेशनमा नगर कोषाध्यक्ष, महिला संघको जिल्ला उपसभापति, केन्द्रीय सदस्य, संगठन विभागको सदस्य हुँदै १४औँ महाधिवेशनमा उनी केन्द्रीय कार्यसमितिको सदस्य भएकी थिइन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।