सरकारी पहलपछि पूर्वी नेपालका दुग्ध उत्पादक किसानको लामो बक्यौता रकम ३ करोडमा झर्यो
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, कुनै समय करिब ३५ करोड रुपैयाँसम्म कृषकको दुधको बक्यौता रहेकामा दुध तथा दुधजन्य पदार्थको बिक्री बढ्दै गएपछि बक्यौता रकम घटेकोे विराटनगर दुग्ध वितरण आयोजनाले सार्वजनिक गरेको रहेको तथ्य सार्वजनिक भएको छ।

विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वी क्षेत्रका दुध कृषकहरूलाई तिर्नुपर्ने बक्यौता रकम घटेर करिब ३ करोड रुपैयाँ मात्र बाँकी रहेको सार्वजनिक गरेको छ ।
कुनै समय करिब ३५ करोड रुपैयाँसम्म कृषकको दुधको बक्यौता रहेकामा दुध तथा दुधजन्य पदार्थको बिक्री बढ्दै गएपछि बक्यौता रकम घटेकोे विराटनगर दुग्ध वितरण आयोजनाले सार्वजनिक गरेको छ ।
१५/१५ दिनमा दुध कृषकहरूलाई किस्ता रकम बुझाउँदै आएको विराटनगर दुग्ध वितरण आयोजनाले हालको अवस्थामा साउन र भाद्र महिनाको किस्ताको रकम तिर्नुपर्ने स्थिति रहेको र बाकी रनिङ बील मात्र बाँकी रहेको निमित्त आयोजना प्रमुख नविन किशोर शर्माले जानकारी उपलब्ध गराए । उनले हालको अवस्थामा दुध तथा दुग्धजन्य पदार्थको विक्री ५० प्रतिशत सम्म बढेको र घिउको मौज्दात ५ मेट्रिक टन मात्र रहेको जानकारी गराए ।
पूर्वका कृषकहरूबाट दैनिक करिब १० हजार ५ सय लिटर दुध संकलन गरिरहेको र करिब ५ हजार लिटर बराबरको दुध र दुग्धजन्य पदार्थ बिक्री गरिरहेको विराटनगर दुग्ध वितरण आयोजनाले सार्वजनिक गरेको छ ।
कात्तिक महिनादेखि दुध संकलन बढेर दैनिक करिब १५ हजार लिटरसम्म पुग्ने र दैनिक खपत हुने दुध तथा दुधजन्य पदार्थ बाहेकको करिब १० हजार लिटर दुधको पाउडर दुध बनाउने गृहकार्य रहेको विराटनगर दुग्ध वितरण आयोजनाले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।