पत्रकार पक्राउ प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक द्वन्द्व छताछुल्ल भयो : प्रभु साह
पछिल्लो विकसित घटनाक्रम अनुसार, अध्यक्ष साहले भने, ‘पत्रकार सुरक्षा नियन्त्रणमा गरिएको घटनाबारे प्रधानमन्त्रीलाई जानकारी नभएको भनिएको छ । त्यसोभए देश कसले चलाएको छ त ?’

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सञ्चारगृहमा सादा पोशाकमा सुरक्षाकर्मी पठाएर राज्यले आतंक सिर्जना गरेको उल्लेख गरेका छन् । शनिबार अग्रगामी मोर्चाको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारहरूमाथि भएको धरपकडको निन्दा गरे ।
‘पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घरझगडा उदांगो भयो’, अध्यक्ष साहले भने, ‘पत्रकार सुरक्षा नियन्त्रणमा गरिएको घटनाबारे प्रधानमन्त्रीलाई जानकारी नभएको भनिएको छ । त्यसोभए देश कसले चलाएको छ त ?’
अध्यक्षसाहले सञ्चारगृहमा सादा पोशाकमा सुरक्षाकर्मी पठाएर राज्यले आतंक सिर्जना गरेको जानकारी गराए । यो घटनाबारे प्रधानमन्त्रीलाई थाहा नभए कसलाई थाहा छ ? भनी उनले प्रश्न गरे ।
‘प्रधानमन्त्रीमा बालेन्द्र शाह हुनुहुन्छ, अनि उहाँलाई थाहा नहुने यद्यपि राज्यमा आतंक मच्चाइएको छ । यो थाहा कसलाई छ ? रवि लामिछानेलाई ? कि कसलाई छ ?’, उनले प्रश्न गरे ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।