इलाममा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
सार्वजनिक नयाँ तथ्य अनुसार, इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलीकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
Social Shout
२०८३ कार्तिक १६ गते ०९:१५
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते १७:२८)
चिकित्सा शिक्षा सुधारको दाबी गर्दै गत विहीबारदेखि इलाममा अनशन थालनी गरेका डा. गोविन्द केसीको स्वास्थ जटिल बनेपछि काठमाडौं ल्याइएको छ ।
इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनलाई त्रिवि शिक्षण स्वास्थ्य संस्था महाराजगञ्ज भर्ना गरिएको छ ।
सरकारले दाबी पूरा गर्न चासो नदिएको भन्दै डा. केसीले गत बिहीबार इलामको नारायण मन्दिरमा अनशन थालनी गरेका थिए ।
उनको भनाइमा यो २५ औं सत्याग्रह हो ।
सम्बन्धित विषय:#डा. गोविन्द केसी

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।