सप्तरी घोषणापत्र जारी गर्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को पूर्ण बैठक सम्पन्न
सोसल साउट समाचार कक्षका अनुसार, १३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै फोनिजको पाँचौँ पूर्ण परामर्श बैठक समापन भएको विवरण रहेको तथ्य सार्वजनिक भएको छ।

१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को पाँचौँ पूर्ण परामर्श बैठक समापन भएको जानकारी प्राप्त भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपरमा १४ र १५ कात्तिकमा समापन उच्चस्तरीय परामर्शले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने कार्य बन्द गर्न र पत्रकारलाई स्वतन्त्र रूपमा समाचार लेख्ने वातावरण निर्माण गर्न सरकारसँग दाबी प्रस्तुत गरेको छ ।
समाचार लेखेकै कारण पत्रकारमाथि धरपकड गर्ने र प्रेस जगतलाई आतंकित पार्ने सरकारको कामप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै फोनिजले घटनाको भर्त्सना समेत गरेको छ ।
बालेन शाह नेतृत्वको सरकार गठनसँगै पत्रपत्रिका लगायत सञ्चार माध्यमलाई प्रदान गर्दैआएको लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापतको सरकारी अनुदानमा कमी गरेकोमा आपत्ति जनाउँदै वित्तीय सहायता पूर्ववत रूपमा सञ्चार माध्यमलाई प्रदान गर्न फोनिजले दाबी प्रस्तुत गरेको छ ।
कोशी प्रदेश सरकारको प्रस्तावमा प्रदेश सभाले २०८३ असोज २४ गते मैथिली, लिम्बू, थारू, तामाङ, मगर, वान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्न विधेयक पारित गरेकोप्रति स्वागत गर्दै यसको कार्यान्वनयका लागि फोनिजले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।