नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको अद्यावधिक नामावली निर्वाचन आयोगमा बुझायो
सार्वजनिक नयाँ तथ्य अनुसार, नेपाली कांग्रेस १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग गएको छ । मंसिर अन्तिम साता समापन महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन आयोग गएको हो । महामन्त्री पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको […]

नेपाली कांग्रेस १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग गएको छ ।
मंसिर अन्तिम साता समापन महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन आयोग गएको हो ।
महामन्त्री पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका छन् ।
उक्त विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनको फैसला पनि बुझाइएको छ ।
गत बिहीबार शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति उच्चस्तरीय परामर्शले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकको जिम्मा कार्यवाहक मुख्य सचिव दुलाललाई दिएको थियो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।