डोल्पाको दुर्गम गाउँकी जटिल अवस्थाकी सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश स्वास्थ्य संस्था सुर्खेत पठाइएको हो । सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार जिल्ला स्वास्थ्य संस्था डोल्पा पुर्याइएको थियो । जिल्ला अस्पतालमा उपचारका […]

डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश स्वास्थ्य संस्था सुर्खेत पठाइएको हो ।
सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार जिल्ला स्वास्थ्य संस्था डोल्पा पुर्याइएको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सुर्खेत पठाउनुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालय डोल्पाले सार्वजनिक गरेको छ ।
हिजोदेखि गम्भीर अवस्थामा रहेकी बुढालाई मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।