धनगढीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको अकालमै मृत्यु
सोसल साउट समाचार कक्षका अनुसार, धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु हुन पुगेको जनाइएको छ।
Social Shout
२०८३ कार्तिक १७ गते १४:४१
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते १९:२७)
धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा एक्कासी ढिस्को खस्दा उनी पुरिएर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि नवजीवन स्वास्थ्य संस्था धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सम्बन्धित विषय:#माटाको ढिस्को

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।