डोल्पा कारागारको पर्खाल नाघेर भागेका दुई कैदीलाई रुकुम पश्चिमबाट प्रहरीले समात्यो
पछिल्लो विकसित घटनाक्रम अनुसार, शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट सुरक्षा नियन्त्रणमा गरिएको हो ।

डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट सुरक्षाकर्मी हिरासतमा परेका छन् ।
शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट सुरक्षा नियन्त्रणमा गरिएको हो ।
सुरक्षा नियन्त्रणमा पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।
जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका कामीलाई १८ वर्ष कैद सजाय तोकिएकोमा १३ वर्ष बाँकी थियो ।
यसबाहेक, रानालाई १२ वर्ष कैद सजाय तोकिएकोमा ९ वर्ष कैद भुक्तान गर्न बाँकी थियो ।
सुरक्षा नियन्त्रणमा परेका दुवै जनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याइँदै छ । कारागारबाट फरार भएका अन्य कैदी तथा थुनुवाको खोजी कार्य जारी रहेको सुरक्षा संयन्त्रले सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।