सवारी चालक अनुमतिपत्र अब स्थानीय पालिकाबाटै वितरण, सप्तरीका सेवाग्राहीलाई सहज
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान आरम्भ गरेको छ । लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले पालिकामार्फत वितरण थालनी गरेको हो । कार्यालयका अनुसार हाल बोदेबरसाईन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाबाट सेवा थालनी […]

यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान आरम्भ गरेको छ ।
लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले पालिकामार्फत वितरण थालनी गरेको हो ।
कार्यालयका अनुसार हाल बोदेबरसाईन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाबाट सेवा थालनी गरिएको छ । केही दिनभित्रै जिल्लाका सबै पालिकालाई एकमुष्ट रूपमा लाइसेन्स प्रत्यायोजन गर्ने आवश्यक गृहकार्य तीव्र पारिएको छ ।
बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले कार्यालयको यस कार्यले सेवाग्राहीलाई सहजता प्रदान गर्नुका साथै सकारात्मक सन्देश दिएको जानकारी गराए ।
यातायात व्यवस्था कार्यालय राजविराजका प्रमुख शशीप्रसाद यादवले पालिकालाई लाइसेन्स प्रत्यायोजन गरेपछि स्थानीय तहले सेवाग्राहीको घरघरमै पुगेर वितरण गर्न सक्ने जानकारी गराए ।
‘लाइसेन्स नवीकरण नै अनलाइनबाट गर्न मिल्ने भएपछि सेवाग्राहीलाई थप सहजता होस् भनेर प्रिन्ट भएर आएका लाइसेन्ससमेत पालिकामै पुर्याउन थालेका छौँ,’ कार्यालय प्रमुख यादवले जानकारी गराए ।
बोदेबरसाईन नगरपालिका–१० का उमेश कुमार यादवले पालिकाबाटै लाइसेन्स प्राप्त गर्न पाउँदा खुसी लागेको जानकारी गराए ।
सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले तयार भइसकेको लाइसेन्स पालिकाबाटै उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च दुवै बचत हुने बताइन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।