अमेरिका र क्यानडाका प्रान्तहरूमा स्वतन्त्र राज्यको माग गर्दै पृथकतावादी आन्दोलन चर्किँदै
पछिल्लो विकसित घटनाक्रम अनुसार, संयुक्त राज्य अमेरिकाका केही राज्यहरू र क्यानडामा केन्द्र सरकारबाट अलग हुने पृथकतावादी भावना तीव्र रूपमा बढ्दै गएको रहेको तथ्य सार्वजनिक भएको छ।

संयुक्त राज्य अमेरिकाका केही राज्यहरू र क्यानडामा केन्द्र सरकारबाट अलग हुने पृथकतावादी भावना तीव्र रूपमा बढ्दै गएको छ। ‘द न्यूयोर्क टाइम्स’ ले प्रकाशित गरेको एक रिपोर्ट अनुसार, विभिन्न क्षेत्रमा स्वतन्त्र राष्ट्र स्थापनाका लागि तयारीहरू थालनी भएका छन्।
सिएटल सहरमा रहेको ‘क्यास्केडिया डेमोक्रेटिक एक्सन’ नामक सङ्गठनले अमेरिकाको वासिङ्टन र ओरेगन राज्यमा जनमत सङ्ग्रहको गृहकार्य गरिरहेको छ। उनीहरूले सन् २०२८ सम्ममा केन्द्र सरकारसँगको सम्बन्धमा सुधार नआएमा अमेरिकाबाट अलग भई ‘क्यास्केडिया’ नामक स्वतन्त्र देश स्थापना गर्ने लक्ष्य राखेका छन्।
यसका साथसाथै अमेरिकाकै टेक्सस र क्यालिफोर्निया राज्यका कार्यकर्ताहरूले पनि स्वतन्त्रताको पक्षमा सक्रिय रूपमा आवाज उठाइरहेका छन्। अमेरिकामा मात्र नभएर यो लहर क्यानडामा पनि देखिएको छ। क्यानडाको अल्बर्टा प्रान्तका बासिन्दाहरूले आगामी अक्टोबर महिनामा क्यानडाबाट अलग हुने विषयमा भोटिङ गर्ने गृहकार्य गरिरहेका छन्।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।