साउदीको अबहा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको हुथी विद्रोहीको दाबी सम्बन्धी ताजा अपडेट
पछिल्लो विकसित घटनाक्रम अनुसार, यमनको विद्रोही समूह हुथीले साउदी अरबको अबहा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको दाबी गरेको छ । हुथी संगठनका अनुसार सोमबार गरिएको विमानस्थल आक्रमणमा ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको छ । हुथी विद्रोहीले साउदी अरबका तर्फबाट भएको यमनको राजधानी सनास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमणको जवाफमा प्रतिआक्रमण गरिएको बताएको छ । समाचार एजेन्सी […]

यमनको विद्रोही समूह हुथीले साउदी अरबको अबहा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको दाबी गरेको छ ।
हुथी संगठनका अनुसार सोमबार गरिएको विमानस्थल आक्रमणमा ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको छ ।
हुथी विद्रोहीले साउदी अरबका तर्फबाट भएको यमनको राजधानी सनास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमणको जवाफमा प्रतिआक्रमण गरिएको बताएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हुथी विद्रोहीका प्रवक्ता याह्या सारेयाले बयान जारी गरेर सबै एयरलाइन्सलाई साउदी हवाई क्षेत्रभन्दा टाढा रहन चेतानवी दिएका छन् ।
एयरलाइन्सहरूले चेतावनीलाई गम्भीरताका साथ दिनुपर्ने उनको दाबी रहेको छ । राजधानी सनास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको प्रतिबन्ध फुकुवा नहुँदासम्म विभागीय कारबाही जारी रहने हुथीले बताएको छ ।
यसभन्दा अघिल्लो चरणमा साउदी अरब समर्थित यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण रोक्न सना अन्तर्राष्ट्रिय विमानस्थलको रनवेलाई निशाना बनाएको बताएको थियो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।