नेपाल प्रिमियर लिग सिजन-३ : लोकेश बमले जोडे प्रतियोगिताको दोस्रो अर्धशतक
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, यसभन्दा अघिल्लो चरणमा कर्णाली याक्स विरुद्धको खेलमा लोकेशले ५२ बलमा ३ चौका र ९ छक्का मदतमा ८७ रन बनाएका थिए ।
Social Shout
२०८३ कार्तिक १७ गते १४:१२
(अन्तिम अपडेट: २०८३ कार्तिक २७ गते २०:४२)
विराटनगर किंग्सका ओपनर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
टीयू मैदानमा भइरहेको वजनकपुर बोल्ट्सविरुद्धको खेलमा लोकेशले आफ्नो दोस्रो अर्धशतक बनाएका हुन् । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।
यसभन्दा अघिल्लो चरणमा कर्णाली याक्स विरुद्धको खेलमा लोकेशले ५२ बलमा ३ चौका र ९ छक्का मदतमा ८७ रन बनाएका थिए ।
ओपनर लोकेशले दोस्रो विकेटका लागि इमरान शेखसँग १०७ रनको साझेदारी गरेका थिए । इमरान शेखले पनि यस खेलमा अर्धशतक प्रहार गरेका थिए । शेखले ५६ रन बनाए ।
सम्बन्धित विषय:#एनपीएल

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।