अन्तर्राष्ट्रिय एक्सपोजरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलियाको 'टप एन्ड टी-२० सिरिज'मा सहभागी हुने
पछिल्लो विकसित घटनाक्रम अनुसार, नेपाली क्रिकेट टोलीले आउँदो अगस्टमा हुने अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट २० देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने जनाएको हो । नेपाल उक्त प्रतियोगितामा खेल्ने पक्का भएको यस संस्करणको पहिलो […]

नेपाली क्रिकेट टोलीले आउँदो अगस्टमा हुने अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट २० देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने जनाएको हो ।
नेपाल उक्त प्रतियोगितामा खेल्ने पक्का भएको यस संस्करणको पहिलो टोली हो । अन्य टोली घोषणा हुन बाँकी छ ।
गत संस्करणको प्रतियोगितामा नेपालले लिग चरणका ६ खेलमा २ खेल मात्र जितेर ४ अंकसहित आठौं स्थानमा सीमित रहेको थियो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।