नेपाल प्रिमियर लिग सिजन ३ : पोखरा एभेन्जर्सद्वारा कुशल भुर्तेलसहित ७ मुख्य खेलाडीलाई निरन्तरता
घटनाक्रमको ताजा विवरण अनुसार, पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सात खेलाडीलाई निरन्तरता दिँदै पाँच खेलाडीलाई रिलिज गरेको घोषणा गरेको छ । फ्रेन्चाइजले आफ्नो मार्की प्रतिस्पर्धी खेलाडी कुशल भुर्तेललाई पुनः रिटेन गरेको छ । यस्तै अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरणकुमार थगुन्नाले पनि आगामी सिजनमा पोखराकै […]

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सात खेलाडीलाई निरन्तरता दिँदै पाँच खेलाडीलाई रिलिज गरेको घोषणा गरेको छ ।
फ्रेन्चाइजले आफ्नो मार्की प्रतिस्पर्धी खेलाडी कुशल भुर्तेललाई पुनः रिटेन गरेको छ । यस्तै अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरणकुमार थगुन्नाले पनि आगामी सिजनमा पोखराकै जर्सीमा खेल्नेछन् ।
पोखराले अनुभव, प्रतिभा र सम्भावनाको सन्तुलित संयोजन रहेको यो समूहले आगामी सिजनमा टोलीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
यता, टोलीले रणनीतिक योजनाअनुसार कृष्ण पौडेल, तृतराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्दलाई रिलिज गरेको छ । क्लबले उनीहरूको योगदानप्रति धन्यवाद व्यक्त गर्दै आगामी क्रिकेट यात्राका लागि शुभकामना दिएको छ ।
पोखरा एभेन्जर्सले अब एनपीएल सिजन ३ को अक्सनमा केन्द्रित हुँदै थप सशक्त टोली निर्माण गर्ने जनाएको छ। समर्थकहरूको अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित टोलीले आगामी सिजनको तयारीलाई अगाडि बढाएको बताएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।