इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेलअघि एट्लान्टाको सुरक्षा व्यवस्था कडा पारियो सम्बन्धी ताजा अपडेट
पछिल्लो प्रतिवेदन अनुसार, फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने बहुप्रतीक्षित सेमिफाइनलअघि अमेरिकाको एटलान्टामा सुरक्षा व्यवस्था कडा पारिएको छ । विश्व फुटबलका दुई पुराना प्रतिद्वन्द्वीबीच हुने खेलअघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय सुरक्षा संयन्त्रले अतिरिक्त सुरक्षाकर्मी र स्रोत परिचालन गरेको हो । एटलान्टा सुरक्षा संयन्त्रले खेलस्थल, मनोरञ्जन क्षेत्र र भीडभाड हुने स्थानहरूमा थप […]

फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने बहुप्रतीक्षित सेमिफाइनलअघि अमेरिकाको एटलान्टामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विश्व फुटबलका दुई पुराना प्रतिद्वन्द्वीबीच हुने खेलअघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय सुरक्षा संयन्त्रले अतिरिक्त सुरक्षाकर्मी र स्रोत परिचालन गरेको हो ।
एटलान्टा सुरक्षा संयन्त्रले खेलस्थल, मनोरञ्जन क्षेत्र र भीडभाड हुने स्थानहरूमा थप सुरक्षा व्यवस्था लागू गरिएको सार्वजनिक गरेको छ । प्रहरीका अनुसार यी उपायहरू दर्शकको सुरक्षा सुनिश्चित गर्न, सम्भावित अवाञ्छित गतिविधि रोक्न र प्रतिस्पर्धा सुरक्षित रूपमा समापन गराउने उद्देश्यले अपनाइएको हो ।
इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा केवल फुटबलमै सीमित छैन । सन् १९८२ मा दुवै देशबीच फकल्यान्ड (अर्जेन्टिनामा माल्भिनास) द्वीपसमूहलाई लिएर ७४ दिनसम्म युद्ध भएको थियो ।
उक्त युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा तीन सर्वसाधारणको ज्यान गएको थियो । द्वीपसमूहमाथिको सार्वभौमिकताको किचलो अझै समाधान भएको छैन ।
अर्कोतर्फ सोही सन्दर्भमा अर्जेन्टिनाका युद्धका पूर्वसैनिकहरूको महासंघले समर्थकलाई राजनीति होइन, फुटबलमै केन्द्रित हुन आग्रह गरेको छ । महासंघले सार्वभौमिकताको विषय अन्तर्राष्ट्रिय मञ्च र कूटनीतिक माध्यमबाट उठाइने भन्दै खेललाई राजनीतिक बहससँग नजोड्न अपिल गरेको हो ।
अन्तिम १६ मा इजिप्टलाई हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले माल्भिनास द्वीपसमूह, डिएगो म्याराडोना र लियोनल मेसीको उल्लेख गरिएको गीत गाएको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको थियो ।
अर्कोतर्फ सोही सन्दर्भमा इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले यो केवल फुटबल खेल भएको उल्लेख गर्दै मैदानभित्रको प्रदर्शनले नै सबै कुरा तय गर्ने उल्लेख गरेका छन् ।
एटलान्टा सुरक्षा संयन्त्रले अमेरिकामा रहेका इंग्ल्यान्ड समर्थकको व्यवहारको प्रशंसा गरेको छ ।
यद्यपि, इंग्ल्यान्डमै भने क्वाटरफाइनलमा नर्वेमाथिको जितपछि फुटबलसँग सम्बन्धित ५०० भन्दा बढी घटना र १०० भन्दा बढी सुरक्षा नियन्त्रणमा परेकाले समर्थकलाई संयमित रहन पनि आग्रह गरिएको छ ।
-बीबीसीबाट

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।