यमाल ५-० एमबाप्पे प्रक्रिया तीव्र बनाइँदै, ला लिगाका दुई स्टार फाइनल पुग्न भिड्दै
घटनाक्रमको ताजा विवरण अनुसार, राष्ट्रिय टिम र क्लब लेभलमा नकआउट चरणको पाँच खेलमा यमाल एमबाप्पेमाथि हावी छन् ।

एकातिर उदाउँदै गरेको युवा स्टार लामिन यमाल । अर्कोतिर आफूलाई प्रमाणित गरिसकेका र ग्रेटेस्ट फुटबलर बन्ने धुनमा रहेका किलियन एमबाप्पे । यी दुई प्रतिस्पर्धी खेलाडी एकै टोलीबाट खेल्दा कस्तो होला? त्यो त हालको अवस्थामा अनुमान मात्र गर्न सकिन्छ ।
यद्यपि यी दुई स्टार प्रतिस्पर्धी खेलाडी फरक टिमबाट खेल्दा भने पक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको आशा तथा विश्वास गर्न सकिन्छ ।
स्पानिस ला लिगामा दुई महारथी बार्सिलोना (यमाल)र रियल मड्रिड (एमबाप्पे)बाट एक अर्का विरुद्ध प्रतिस्पर्धा गरिसकेका यी दुई प्रतिस्पर्धी खेलाडी बुधबार विहान फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आमने सामने हुँदैछन् ।
विश्वकप जितिसकेका एमबाप्पेले फ्रान्सको कप्तानी गर्दैछन् भने यमाल स्पानिस टोलीको महत्वपूर्ण सदस्यको रुपमा छन् ।
एमबाप्पेले यसभन्दा अघिल्लो चरणमा सन् २०१८ मा पहिलो सहभागितामै फिफा विश्वकपको ट्रफी जितेका थिए भने २०२२ को विश्वकपमा फ्रान्स फाइनल पुग्दा सर्वाधिक ८ गोल गरेर गोल्डेन बुटको अवार्ड पनि जितेका थिए ।
यसपटक फ्रान्स उपाधिको प्रबल दाबेदारको रुपमा छ भने एमबाप्पे ८ गोल र ३ असिस्ट सहित सर्वाधिक गोल गर्नेमा अगाडि नै छन् । साथै उत्कृष्ट प्रतिस्पर्धी खेलाडी बन्दै गोल्डेन बुटको दाबेदारीमा पनि एमबाप्पेको दाबेदारि बलियो छ ।
अर्कोतिर सुरुवाती खेलमा बेन्चबाट थालनी गरेका र तत्पश्चात विस्तारै समय बढाउँदै गएका यमाल आफ्नो पहिलो विश्वकपमा रमाइरहेका छन् । उनले यस विश्वकपमा मात्र १ गोल गरेका छन् यद्यपि उनी स्पेन टिमको केन्द्रमा छन् र विपक्षी डिफेण्डरहरुका लागि पनि खतराको रुपमा रहन सक्छन् ।
यी दुई खेलाडीबीचको भिडन्त विश्वकपको सेमिफाइनलमा हेर्न विश्वभरका फुटबल समर्थकहरु आतुर छन् ।
शानदार फिनिसिङ र तिव्र गतिका कारण एमबाप्पे परिचित छन् । उनले फिफा विश्वकप २०२६ मा ६ खेल खेल्दै ८ गोल गरिसकेका छन् र गोल्डेन बुटको दाबेदार छन् ।
यमाल केही दिनअघि मात्रै १९ वर्ष लागेका छन् । युवा प्लेमेकर टिममा ट्याक्टिकल ब्यालेन्स मिलाउने देखि मुख्य पासहरु दिने र महत्वपूर्ण समयमा गोल गर्ने क्षमताले परिचित छन् ।
स्पेन र फ्रान्सबीचको खेलमा स्टार प्रतिस्पर्धी खेलाडी र ट्यालेन्टहरुहको कुनै कमी छैन । यद्यपि हालको अवस्थामा सबैको नजर भने यही दुई खेलाडीमै छ ।
यमाल विरुद्ध जितविहिन एमबाप्पे
राष्ट्रिय टिम देखि फिफा विश्वकपसम्म एमबाप्पेले विभिन्न कीर्तिमान बनाइसकेका छन् । अर्जेन्टिनाका लियोनल मेसी (२१) पछि फिफा विश्वकपमा दोस्रो धेरै गोल एमबाप्पे (२०) कै नाममा छ । उनले विश्वकप पनि जितिसके ।
यद्यपि यमालसँगको नकआउट ब्याटलमा भने एमबाप्पे धेरै पछि छन् । युरोपियन महादेशमा हुने राष्ट्रिय टिमको प्रतिस्पर्धा देखि क्लब लेभलमा हुने प्रतियोगिताको नकआउट चरणमा यमालले एमबाप्पेलाई हराउँदै आएका छन् । अहिलेसम्मको पाँच भेटमा यमालको टिमले एमबाप्पेको टिमलाई पराजित गरेको छ ।
त्यसैले यस पटक फिफा विश्वकपको सेमिफाइनल भिडन्त रोचक हुने वाला छ । जहाँ एमबाप्पे भर्सेस यमाल हुनेछ । एमबाप्पेको आक्रमक फ्रान्स विरुद्ध यमाल सहित बल पोसेसन राखेर छोटो पास खेल्ने स्पेनबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने आशा तथा विश्वास समर्थकहरुको छ ।
सन् २०२४ को युरोकप सेमिफाइनलमा यमाल सम्मिलित स्पेनले फ्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । जहाँ स्पेन च्याम्पियन नै बन्यो । यस्तै सन् २०२५ को नेसन्स लिग सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई सेमिफाइनलमा पराजित गरेको थियो ।
२०२४ को युरो सेमिफाइनलमा सेपेनले फ्रान्सलाई २-१ ले पराजित गरेको थियो भने २०२५ को नेसन्स कप सेमिफाइनलमा रोमाञ्चक खेलमा स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गरेको थियो ।
यस्तै क्लब लेभमा यमालको बार्सिलोनाले एमबाप्पेको रियल मड्रिडलाई २०२५ को सुपर कप फाइनल र कोपा डेल रे फाइनल अनी २०२६ को सुपरकोप फाइनलमा पराजित गरेको थियो ।
२०२५ को सुपर कप फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ५-२ ले पराजित गरेको थियो भने कोपा डेल रे २०२५ को फाइनल र २०२६ को सुपरकप फाइनलमा बार्सिलोनाले रियललाई समान ३-२ को अन्तरले पराजित गरेको थियो ।
एकपछि अर्को गरी पाँच खेलमा यमालले एमबाप्पेलाई पछि पारिसकेका छन् । के यमालले छैटौं पटक पनि एमबाप्पेलाई पराजित गर्लान् वा एमबाप्पे यस पटक यमाल विरुद्ध बदला लिँदै फ्रान्सलाई एकपछि अर्को गरी तेस्रो पटक फाइनल पुर्याउलान् त्यो बहुप्रतिक्षित बनेको छ ।
छैटौं प्रयासमा सफल होलान् एमबाप्पे?
वर्तमान समयमा एमबाप्पे विश्वक फुटबलमा स्टार खेलाडीको रुपमा छन् । गत सिजन रियल मड्रिडका लागि ४४ खेलमा ४२ गोल गरेका उनी ला लिगा र च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोलकर्ता बनेका थिए । यस्तै २०२२ को विश्वकपमा गोल्डेन बुट जितेका एमबाप्पे यस पटक पनि सर्वाधिक गोलकर्तामा अगाडि नै छन् ।
यस पटक अर्जेन्टिनाका कप्तान लियोनल मेसी र एमबाप्पेबीच टक्कर छ ।
यद्यपि एमबाप्पे विरुद्ध नकआउट चरणको खेल जित्न नसकेका एमबाप्पे यस पटक सफल होलान् त? उसमान डेम्बेले, माइकल ओलिसे देखि ब्राडली बार्कोला, एड्रिएन राबिओट लगायत खेलाडीको साथमा एमबाप्पेको प्रदर्शन झन् निखारिएको देखिएको छ । २७ वर्षीय एमबाप्पेले ओलिभर जिरुडको नाामा रहेको फ्रान्सको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत तोडिसकेका छन् १०४ खेलमा ६४ गोल गरेका छन् ।
अर्कोतर्फ वर्तमान समयमा स्टार युवा फरवार्डको रुपमा यमाल उदाएका छन् । उनले युवा उमेरमै विभिन्न कीर्तिमान बनाउने देखि स्पेनको टिमबाट युरोकप ट्रफी समेत जितिसकेका छन् । २०२३-२४ को सिजनमा बार्सिलोनाबाट अवसर पाएका यमालले २०२४ मै युरो कप विजय हासिल गरे । जसरी एमबाप्पेले २०१८ मा १९ वर्षको उमेरमै विश्वकप जितेका थिए ठिक त्यसैगरी यमालको उदय पनि पछिल्लो वर्षहरुमा भइरहेको छ । यमा युरोकप जित्दा उत्कृष्ट युवा प्रतिस्पर्धी खेलाडी समेत बनेका थिए ।
युवा उमेरमै धेरै सफलता पाइसक्दा यमालसँग आशा तथा विश्वास पनि बढेको छ । यद्यपि यमाललाई बार्सिलोनामा अवसर दिएका क्लबकै पूर्व लेजेण्ड तथा प्रशिक्षक जाभी भने यमाल क्षमतावान भएपनि उनको उमेरलाई बिर्सन नहुने र धेरै आशा तथा विश्वास गरिरहेको बताउँछन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।