१९औं एसियाली खेलकुद (एसियन गेम्स) मा नेपालको प्रतिनिधित्व गर्ने १५ सदस्यीय क्रिकेट टोलीको घोषणा
घटनाक्रमको ताजा विवरण अनुसार, यही सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ । नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो । टोलीमा दीपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार

२८ भदौ । यही सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो ।
टोलीमा दीपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन् ।
एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ ।
टिम लिडरमा विनोद दास छन् भने मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर, मुख्य प्रशिक्षक स्टुअर्ट ल, प्रशिक्षक अब्दुर सतार र टेक्निकल पर्सोनेलमा रमन शिवाकोटी छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।