राखेप बोर्ड परामर्श बैठक आज बस्दै रहँदा एन्फा निलम्बन देखि दशौँ राष्ट्रिय खेलकुदसम्म छलफल हुने को नयाँ मोड
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड परामर्श बैठक आज बस्दैछ । बोर्ड परामर्श बैठक दिउँसो १ बजे सिंहदरवारस्थित शिषा तथा खेलकुद मन्त्रालयमा बस्नेत राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले अवगत गराए । करिब ८ महिनापछि बस्न लागेको राखेपको यो बोर्ड परामर्श बैठक १२५औं बोर्ड परामर्श बैठक हुनेछ । पछिल्लो पटक गत पुस ९ गतेपछि […]

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड परामर्श बैठक आज बस्दैछ । बोर्ड परामर्श बैठक दिउँसो १ बजे सिंहदरवारस्थित शिषा तथा खेलकुद मन्त्रालयमा बस्नेत राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले जानकारी उपलब्ध गराए ।
करिब ८ महिनापछि बस्न लागेको राखेपको यो बोर्ड परामर्श बैठक १२५औं बोर्ड परामर्श बैठक हुनेछ । पछिल्लो पटक गत पुस ९ गतेपछि राखेपको बोर्ड परामर्श बैठक बसेको थियो । नयाँ सरकार आएपछि पहिलो पटक राखेपको बोर्ठ परामर्श बैठक बस्न लागेको छ ।
राखेपको बोर्ड छलफल सत्रमा अहिलेको चर्चामा रहेको एन्फा नलिम्बनको विषय देखि दशौँ राष्ट्रिय खेलकुदको मिति र खेल संख्या तय लगायत विभिन्न एजेन्डाहरु समावेश गरिएको छ । एसियन गेम्समा सहभागि हुनेको सख्या देखि वार्षिक आयव्यय विवरण अनुमोदन गर्ने लगायत एजेन्डामा पनि छलफल हुनेछ ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षबाट परिषद्का सदस्य सचिवलाई प्रत्यायोजित अधिकारको अनुमोदन गर्ने,खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने, खेल संघ नविकरण र वित्तीय सहायता तथा प्रतिस्पर्धी खेलाडी कल्याणकारी कोष सम्बन्धमा पनि बोर्ड छलफल सत्रमा छलफल हुनेछ ।
यी हुन् १२५ औं बैठकको प्रस्तावित एजेण्डाहरु
१. २०औं एशियाली खेलकुद सम्बन्धमा
क) समावेश हुने खेल र सहभागी प्रतिस्पर्धी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलहरुको अनुमोदन,
ख) २० औं एशियाली खेलकुद प्रतिस्पर्धा सञ्चालन तथा व्यवस्थापन निर्देशिका-२०८३,
ग) २० औं एशियाली खेलकुद गृहकार्य तथा सहभागिता सम्बन्धी वार्षिक आयव्यय विवरण तथा नर्म्स,
२. दशौं राष्ट्रिय खेलकुद प्रतिस्पर्धा सम्बन्धमा ।
क) दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल,
ख) आयोजना मिति,
ग) दशौं राष्ट्रिय खेलकुद प्रतिस्पर्धा सञ्चालन सम्बन्धी निर्देशिका, २०८३,
घ) दशौं राष्ट्रिय खेलकुद आयोजना सम्बन्धी वार्षिक आयव्यय विवरण तथा नर्म्स,
३. राष्ट्रिय खेलकुद परिषद्को चालु आ.ब. २०८३/८४ को विनियोजित वार्षिक आयव्यय विवरण सम्बन्धमा ।
४. राष्ट्रिय खेलकुद परिषद्को आन्तरिक तर्फको अनुमानित आय व्यय सम्बन्धमा ।
५. राष्ट्रिय खेलकुद परिषद्लाई अत्यावश्यक प्राविधिक कर्मचारीहरु करार सेवामा लिने सम्बन्धमा ।
क) पूर्वाधार निर्माण तर्फ सिभिल इन्जिनियर उपसचिव सरह १ जना र सिभिल/आर्किटेकट /इलेक्ट्रीकल/स्ट्रकचरल ४ जना
ख) आई.टी सूचना प्रविधि) तर्फ आई टि. विज्ञ २ जना अधिकृत तृतीय ।
६. राष्ट्रिय खेलकुद परिषद्लाई आवश्यक कानूनी सल्लाहकारको सेवा करारमा लिने सम्बन्धमा ।
७. खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन सम्बन्धमा ।
८. खेल संघहरुलाई खेल कार्यक्रमको लागि वित्तीय सहायता सहयोग सम्बन्धमा,
९. विविध :
क) माननीय शिक्षा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षज्यूबाट मिति २०८३/०२/०७ मा परिषद्का सदस्य सचिवज्यूलाई प्रत्यायोजित अधिकारको अनुमोदन सम्बन्धमा ।
ख) प्रतिस्पर्धी खेलाडी कल्याणकारी कोष प्रयोग सम्बन्धी मापदण्ड-२०८३ ।
ग) कार्यकारी समितिबाट खरिद शाखा स्थापना गरिएकोलाई अनुमोदन सम्बन्धमा ।
घ) अखिल नेपाल फुटबल संघको सम्बन्धमा ।
ङ) खेल संघहरुको नविकरण सम्बन्धमा ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।