‘फिफाद्वारा एन्फामाथि लागेको निलम्बन चाँडै फुकुवा हुने विश्वास लिएका छौँ’ : खेलकुदमन्त्री पोखरेल
सार्वजनिक नयाँ तथ्य अनुसार, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन फुकुवाका लागि सकारात्मक पहल भइरहेको उल्लेख गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड छलफल सत्रमा मन्त्री पोखरेलले फिफासँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन् । ‘हाम्रो सहकार्य भइराखेको छ । छलफल भइराखेको छ । एक खालको मेलहरु […]

२८ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन फुकुवाका लागि सकारात्मक पहल भइरहेको उल्लेख गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड छलफल सत्रमा मन्त्री पोखरेलले फिफासँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन् ।
‘हाम्रो सहकार्य भइराखेको छ । छलफल भइराखेको छ । एक खालको मेलहरु आदानप्रदान भइराखेको छ । छलफल सकारात्मक छ । निलम्बन फुकुवा हुनेमा आसा गर्न सकिन्छ,’ मन्त्री पोखरेललाई उद्धृत गर्दै एक सदस्यले भने ।
एन्फाको विषय बैठकको एजेन्डा राखिएपनि कुनै फैसला भने भएन ।
स्रोतकाअनुसार सरकार फिफाको जवाफ कुरिरहेको छ । ‘हाम्रोतर्फबाट टुंग्याएका छौं । हालको अवस्थामा फिफाको जवाफ कुरिरहेका छौं । फिफाको जवाफ आएपछि सरकार अगाडि बढ्छ,’ स्रोतले भन्यो ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।